Logo
Logo

६० सहसचिवहरुको सरुवा, को कहाँ ?


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २१ माघ । सरकारले नयाँ बढुवा भएका सहित गरेर ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । अधिकांश सहसचिवहरुलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । संघीय सरकार अन्तर्गतका १८ सहसचिव सरुवामा परेका छन् । केही दिनअघि बढुवा भएका ४२ सहसचिवमध्ये अधिकांश गृहमन्त्रालयमा पदस्थापन भएका छन् । केही संघीय सरकारका विभिन्न निकाय र प्रदेशमा प्रदेशमा पदस्थापन भएका छन् । केही मन्त्रीहरुको चाहना अनुसार पनि सहसचिवहरुको फेरबदल भएको छ ।

आपूर्ति विभागको महानिर्देशक हुँदा हुन्डाईदेखि मारुती र फोर्ड गाडीमा २ सय प्रतिशत उपभोक्ता ठगी गर्ने कम्पनीहरुमाथि कारबाहीका लागि प्रहरीमा सिफारिस गरेर चर्चामा आएका राष्ट्रिय सूचना आयोगका सहसचिव कुमारप्रसाद दहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ । उनले यातायात ब्यवस्था विभागमा महानिर्देशक हुँदा पनि सुधार गर्न खोज्दा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले उनलाई सूचना आयोगमा सरुवा गरेका थिए । दाहाल क्षमतावान सहसचिव हुन् ।

गृहमा को को ?

नुरहरि खतिवडा, उमेश कुमार ढकाल, सुरेन्द्र पौडेल, यादव सुवेदी, श्रवणकुमार तिमिल्सिना, विष्णुकुमार कार्की, सागर आचार्य, रमेश न्यौपाने, शालिग्राम शर्मा पौडेल, गौलोचन सैजु, शिवराज पोखरेल र जगनाथ पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । गृहमा सरुवा भएका सहसचिवमध्ये अधिकांश सहसचिवलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको छ । त्यसैगरी रुद्रादेवी शर्मा, पिताम्बर घिमिरेलाई पनि गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

अर्र्थमा को को गए ?

अर्थमन्त्रालय वा अन्तर्गत रिक्त ४ सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख बाबुराम अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका यमलाल भूसाललाई लगिएको छ । नयाँ बढुवा भएका बाबुराम भण्डारी र बद्रीराज अर्याललाई पनि अर्थमन्त्रालयमा लगिएको छ । संघीय मामिला मन्त्रालयमा समायोजनपछि देखिएका धेरै जटिलताहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेलेका र कुशल प्रशासकका रुपमा चिनिएका बाबुराम अधिकारीले अर्थ मन्त्रालयको कुनै महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी पाउने संभावना छ । भण्डारी अर्थमन्त्रालयमा बर्षमान पुन मन्त्री हुँदादेखिका अनुभवी हुन् । उनले भन्सार वा आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी पाउने संभावना छ । लेखाको पृष्ठभूमिका सहसचिव बद्री अर्याल महालेखा नियन्त्रक कार्यालयका लागि उपयुक्त पात्र हुन् ।

अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनी पनि सचिव बढुवाको सूचीमा परेपछि अर्र्को सहसचिव पनि रिक्त हुँदैछ । माघ २२ बाट रिक्त हुने चार सचिवमा पुडासैनीको बढुवा हुँदैछ ।

३ दिनमै सरुवा

सरकारले सहसचिव रुद्रादेवी शर्मालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालयमा सरुवा गरेको ३ दिनमै गृहमन्त्रालयमा ल्याएको छ । गृहले उनलाई रामेछापको सीडीओको जिम्मेवारी दिएको छ । पहिलो पटक रामेछापमा सहसचिवलाई सीडीओको रुपमा पठाइएको छ । यसअघि रामेछापमा उपसचिवलाई सीडीओका रुपमा पठाइन्थ्यो ।

त्यसैगरी, बढुवा भएका सहसचिवमध्ये राजेन्द्रकुमार केसी र बाबुराम खतिवडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । सुशील श्रेष्ठ आदिवासी जनजाति आयोग, राजेन्द्रप्रसाद घिमिरे कलैया उप महानगरपालिका, टिकाराम ज्ञवाली घोराही उपमहानगरपालिका दाङ, उमेश बस्नेत जनकपुर उपमहानगरपालिका धनुषा, खड्गबहादुर कार्की जितपुर सिमरा उपमहानगरपालिका बारा, कृष्णकान्त उपाध्याय तुलसीपुर उप महानगरपालिका दाङ, हरि बखती धनगढी उपमहानगरपालिका कैलाली, बद्री अधिकारी पोखरा उपमहानगरपालिका पोखरा, कृष्णप्रसाद धिताल वीरगन्ज महानगरपालिका पर्सा, भीष्मप्रसाद न्यौपाने विराटनगर, उपेन्द्र खनाल हेटौडा उपमहानगरपालिका मकवानपुर सरुवा गरिएको छ ।

सहसचिव ठाकुर सिग्देललाई प्रदेश प्रमुखको कार्यालय प्रदेश नं १ विराटनगर, हरिप्रसाद बास्तोला प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. ४ पोखरा, दुर्गादत्त ढकाल प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेश, हेटौंडा सरुवा गरिएको छ ।

यसैगरी नारायणप्रसाद अधिकारी र सेवन्तराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । टेकराज निरौलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अद्वैतप्रकाश श्रेष्ठ राष्ट्रिय कितावखाना, यमुना प्रधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विनु बज्राचार्य राष्ट्रिय सूचना आयोग, लालबहादुर कार्की लोकसेवा आयोग, रुद्रनाथ देवकोटाको बेपत्ता छानबिन आयोग सरुवा भएको छ ।

त्यस्तै सरुवा हुने सहसचिवहरुमा यमप्रसाद भुसाल र विष्णुदत्त गौतम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखनाथ शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्द्रमणि पोखरेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरिएको छ । पोखरेल पनि लेखा समूहका हुन् । उनी शिक्षामन्त्री गिरिराजमणि पोखरेलका नजिकैका दाजुभाइ हु्न् । माओवादीकेन्द्रबाट मन्त्री भएका पोखरेल, अमिक शेरचन, नारायणकाजी श्रेष्ठ, देव गुरुङदेखि धेरैको पीएका रुपमा उनले काम गरिसकेका छन् । स्वास्थ्यमा अमिक शेरचन र गिरिजामणि मन्त्री हुँदा हस्पिटेक इन्टरप्राइजेजसँग कनेक्सन मिलाएर उपकरणको ठेक्का मिलाउने काम गरी कुस्त लाभ लिएको आरोप उनलाई लाग्ने गरेको छ । उनी पुनः स्वास्थ्यमै सरुवा भएका छन् ।

त्रिपाठीलाई वसन्त प्यारो

गृह मन्त्रालयमा कार्यरत सहसचिव वसन्त अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका छन् । उनलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाउनेगरी मन्त्री हृदयेश त्रिपाठीले ल्याएका हुन् । यसअघि त्रिपाठी भौतिक पूर्वाधार मन्त्री हुँदा अधिकारी निजी सचिव थिए । नवलपरासीको एलडीओ हुँदा तत्कालीन उपसचिव अधिकारीको त्रिपाठीसँग घनिष्ठता बढेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्याललाई मधेसी आयोग सरुवा गरिएको छ । उनी क्षमता नभएका सहसचिवका रुपमा चिनिन्छन् ।

सरुवा हुने सहसचिवहरुमा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतमा कार्यरत सहसचिव मानबहादुर बि.क उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीलाई रक्षा मन्त्रालय, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूलाई प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेत, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीका प्रदेश सचिव शङ्करप्रसाद सुवेदीलाई राष्ट्रिय कितावखाना, वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सहसचिव शिवराम न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । यीमध्ये ज्ञवाली महानिर्देशक भएको ६ महिनामै कृष्णप्रसाद ज्ञवाली भूमिब्यवस्थापन विभागको महानिर्देशक भएको १ बर्ष नपुगी सरुवा भएका छन् ।

दाहाल श्रममा

आपूर्ति विभागको महानिर्देशक हुँदा हुन्डाईदेखि मारुती र फोर्ड गाडीमा २ सय प्रतिशत उपभोक्ता ठगी गर्ने कम्पनीहरुमाथि कारबाहीका लागि प्रहरीमा सिफारिस गरेर चर्चामा आएका राष्ट्रिय सूचना आयोगका सहसचिव कुमारप्रसाद दहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ । उनले यातायात ब्यवस्था विभागमा महानिर्देशक हुँदा पनि सुधार गर्न खोज्दा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले उनलाई सूचना आयोगमा सरुवा गरेका थिए । दाहाल क्षमतावान सहसचिव हुन् ।

त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय कितावखानाका सहसचिव गीताकुमारी होमेगाईलाई लोकसेवा आयोग र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्