Logo
Logo

भारतमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु


1.2k
Shares

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

रेल दुर्घटनामा परि करिब ४० यात्रु घाइते भएको जनााइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।

उक्त दुर्घटनाका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्