Logo
Logo

गीतमा ‘भ्यालेन्टाइन’का कुुरा


- एमपी सुब्बा

0
Shares

– एमपी सुब्बा

‘यो गीत गीत प्रेम दिवश मनाउनेहरुका लागि हो’ लोकप्रिय गायक राजेशपायल राईले आफ्नो पछिल्लो गीत ‘हुरुक्कै भए म’ सार्वजनिक गरेपछि भने, ‘प्रेम गर्ने नवजोडीका लागिमात्र नभएर प्रेममा बाँधिनका चाहनेका लागि पनि हो यो गीत ।’

‘जहिलेसम्म संसारमा जुनतारा रहन्छ’ बोलको गीतलाई ‘प्रेमिलगीत’को रुपमा लिएकी छन् । ‘हरेक वर्ष भ्यालेन्टाइन–डे आउँछ, त्यतिखेर म यही गीत दर्शक तथा श्रोतालाई शेयर गर्छु’ मिलनले भनिन्, ‘यो गीत साँचो मायाप्रेम गर्नेहरुका लागि समर्पण छ ।’ केही वर्षअघि श्रीमान्सँग डिभोर्स गरेपछि सिंगल भएकी मिलनले यस वर्षको ‘भ्यालेन्टाइन संगीतसँगै मनाउँदैछिन् ।

१४ फेब्रुअरी अर्थात ‘भ्यालेनटाइन–डे’ नजिकिँदै गर्दा गायक/गायिकाहरुले धमाधम प्रेमगीत सार्वजनिक गर्न थालेका छन् । कलाकारका लागि दशैँ, तिहार र तीजपछि ‘भ्यालेन्टाइन–डे’ पनि एउटा पर्व हो । तर, ‘भ्यालेन्टाइन–डे’ नै लक्षित गरिएका गीत भने कमै हुन्छन् । प्रायः गीत प्रेमकै विषयमा गाइन्छ । त्यसैले ‘भ्यालेन्टाइन–डे’ स्पेशल गीत ल्याइरहन जरुरी नभएको कतिपयको भनाइ छ । तर, यो भनाइ अहिले तोडिदै गएको छ ।

‘दशैँ, तिहार र तीजका लागि स्पेशल गीत हुन्छ भने ‘भ्यालेन्टाइन–डे’का लागि किन नहुनु ?’ राई इज किङका रुपमा समेत चर्चित राजेशपायल भन्छन्, ‘गीत त प्रेमकै गाइन्छ । तर, ती सबै गीत स्पेशल प्रेम गर्नेलाई समर्पित गरिएको हुँदैन ।’

शनिबार सार्वजनिक गरिएको राजेशपायलको ‘हुरुक्कै भएँ म’ पुर्वेली लोकफ्लेवरमा छ । तर, गीतको भिडियोमा सांकेतिक प्रेमभाव झल्काइएको छ । भिडियोमा अभिनेता दयाहाङ राई बोल्न र सुन्न सक्दैनन् । तर, उनले नबोलीकनै एक शिक्षिकालाई प्रेमजालमा पार्न सफल हुन्छन् । शिक्षिकाको भूमिकामा अहिलेकी चर्चित मोडल अलिशा राई देखिएकी छन् ।

मायाप्रेम हुनलाई न ओठले ‘आई लभ यू’ भन्न आवश्यक छ, न त सुन्नलाई नै । ‘हुरुक्कै भएँ म’ भिडियोको सार हो यो । एक सांकेतिक लभस्टोरी समेटिएको आफ्नो गीतलाई राजेशपायल राईले नजिकिँदै गरेको ‘भ्यालेन्टाइन–डे’को पखाईका रहेका प्रेमिल जोडीहरुलाई समर्पित गर्दै भने, ‘संसार प्रेममै अढिएको छ, प्रेममा रहेका जोडीहरुलाई शुभकामना ।’

त्यसो त राजेशपायल राई आफैँपनि ‘ब्याचलर’ हुन् । ‘भ्यालेन्टाइन–डे’ ब्याचलर अर्थात अविवाहितहरुका लागि विशेष हुने गर्छ । तर, राजेशपायल आफ्नो ‘भ्यालेन्टाइन’का विषयमा खाशै खुल्न चाहँदैनन् । उनी भन्छन्, ‘हामी कलाकारका लागि दर्शक तथा श्रोता नै ‘भ्यालेन्टाइन’ हो । उहाँहरु खुसी हुँदा आफ्नो प्रेमिका खुसी भएझैँ लाग्छ ।’ जुन दिन कोही आफ्नो ‘भ्यालेन्टाइन’ भएर आउँछ, त्यतिखेर सार्वजनिक गर्ने उनको भनाइ छ ।

https://www.youtube.com/watch?v=nybbwEg6qYE

‘भ्यालेन्टाइन–डे’ आउन ठ्याक्कै १० दिन बाँकी छ । तर, राजेशपायललाई जस्तै अन्य कलाकारलाई पनि प्रेम उत्सवको रौनकले छोइसकेको छ । यो सातामात्र ‘भ्यालेन्टाइन–डे’ लक्षित दर्जनभन्दा बढी गीत सार्वजनिक गरिएको छ । ‘भ्यालेन्टाइन’ जोडीले कलाकारले समर्पित गरेका ‘मायाप्रेम’का गीत सुनोस् वा नसुनोस् । तर, कलाकारले ‘भ्यालेन्टाइन’ जोडीका लागि भन्दै आफ्ना गीत धमाधम सार्वजनिक गर्दै आएका छन् । यसरी ‘प्रेमगीत’ सार्वजनिक गर्न पाउँदा उनीहरु नवजोडीझैँ दंग हुने गर्छन् ।

गायिका मिलन नेवारले करिब ८ वर्षयता एउटै गीतलाई ‘भ्यालेन्टाइन गीत’का रुपमा अगाडि सार्दै आएकी छन् । दैनिकजसो प्रेमकै गीत गाइरहेकी मिलनले आसामबाट नेपाल आएप्छि पहिलोपटक गाएको ‘जहिलेसम्म संसारमा जुनतारा रहन्छ’ बोलको गीतलाई ‘प्रेमिलगीत’को रुपमा लिएकी छन् । ‘हरेक वर्ष भ्यालेन्टाइन–डे आउँछ, त्यतिखेर म यही गीत दर्शक तथा श्रोतालाई शेयर गर्छु’ मिलनले भनिन्, ‘यो गीत साँचो मायाप्रेम गर्नेहरुका लागि समर्पण छ ।’ केही वर्षअघि श्रीमान्सँग डिभोर्स गरेपछि सिंगल भएकी मिलनले यस वर्षको ‘भ्यालेन्टाइन संगीतसँगै मनाउँदैछिन् ।

पछिल्लो केही वर्षयता ‘भ्यालेन्टाइन–डे’लाई नेपाली समाजमा समेत युवाले ‘प्रेम उत्सव’का रुपमा लिन थालेका छन् । त्यसैले कलाकारका लागि समेत यो एउटा उत्सवजस्तै बन्न थालेको छ । ‘प्रेम प्रशंग नजोडिएको गीतै हुँदैन’ संगीतकार राजु सिंहको भनाइ छ, ‘डाँडाकाँडा, पखेरा, जे गाएपनि मायाकै बयान गरिएको हुन्छ । प्रेम–वियोगका गीत गाएपनि ‘मायाप्रेम’ हुन्छ । फूलका गाएपनि मायाकै कुरा आउँछ । त्यसैले सारा गीत प्रेमिल जोडीका लागि सान्दर्भिक छ । त्यसैले यो गीत भ्यालेन्टाइन–डेका लागि भनिरहन पर्दैन जस्तो लाग्छ ।’

हो, गीत प्रेमकै हुन्छ । राष्ट्रिय गीतमा देशप्रेम गाइएको हुन्छ । फिल्मका गीतमा ‘हिरो–हिराइन’का मायाप्रेम दर्साइएको हुन्छ । लोकगीतमा गाउँघरको मौलिकता र संस्कृतिप्रतिको प्रेम गाइएको हुन्छ । तैपनि वर्षमा एक दिन आउने ‘भ्यालेन्टाइन–डे’कै लागि भनेर किन छुट्टै प्रेम गीत गाउने ? ‘खै यो प्रश्नको उत्तर खोज्न मलाई नि गाहैै्र भयो’, चर्चित गीतकार तथा मोडल दर्पण राई भन्छन्, ‘गीत त प्रेमकै विषयमा लेखिएको हुन्छ । गाउनेहरुले प्रेमका शब्दहरुलाई सुरिलो र प्रेमिल भाकामा गाएका हुन्छन् । तैपनि यहाँ हिजोआज ‘भ्यालेन्टाइन–डे’ स्पेशल गीत खोज्न थालिएको छ । त्यसैले पनि होला, पछिल्लो समय भ्यालेन्टाइन गीत गाउन थालिएको छ ।’

अघिल्लो वर्षको ‘भ्यालेन्टाइन–डे’लाई जस्तै यसपटक पनि दर्पणले आफ्नो चर्चित गीत ‘तिमीले बाटो फेरेयौं अरे’लाई दर्शक÷श्रोतालाई समर्पण गरेका छन् । उनले करिब चार वर्षयता सहरमा ‘भ्यालेन्टाइन–डे’मा रमाउने युवा जोडीहरुलाई हरेक वर्ष ‘तिमीले बाटो फेरेयौ अरे’ समर्पित गर्दै आएका छन् ।

फरक यति मात्र हो, पहिलो वर्ष ‘तिमीले बाटो फेरेयौ अरे’ मात्र थियो, अहिले ‘तिमीले बाटो फेरेयौ अरे–२’ बनेको छ । त्यससँगै यसपटक उनले उक्त गीतको ‘करोड क्वल’मा चढेको खुसीयाली पनि दर्शक तथा श्रोतालाई नै समर्पित गरेका छन् । ‘यो गीतमार्फत मैले एक करोड दर्शकको माया पाएको छु’ दर्पणले भने, ‘उहाँहरुलाई यो भ्यालेन्टाइन–डेको उपहारस्वरुप यही खुसी सुनाउन चाहन्छु । एउटा कलाकारका लागि खुसी नै सबैभन्दा ठूलो मायाप्रेम हो ।’

प्रशंग ‘भ्यालेन्टाइन–डे’कै हो । पछिल्लो समय जसरी गीतसंगीत क्षेत्रमा ‘भ्यालेन्टाइन’ गीत खोज्न थालिएको छ । यो नौलो कुरा भने होइन । नेपाली दर्शक तथा श्रोताले पहिलेबाटै ‘भ्यालेन्टाइन’ गीत सुन्दै र हेर्दै आएका थिए । र, अहिले पनि सुन्दै आइरहेका छन् किनकि, हलिउड र बलिउडमा दशकौँ अघिदेखि ‘भ्यालेन्टाइन स्पेशल गीत’ गाइँदै आएको पाइन्छ । ती गीतमा नेपाली दर्शक तथा श्रोता ‘चुर्लम्म डुब्दै आएका थिए । तर, पछिल्लो समय नेपाली गीत पनि बढी सुन्न थालिएको छ ।

कुनै समय अंग्रेजी र हिन्दीमात्र सुन्ने दर्शक तथा श्रोताहरु हिजोआज नेपाली गीतमा झुम्न थालेका छन् । त्यसैले उनीहरु सिजनल गीत ‘भ्यालेन्टाइन’ गीतप्रति पनि चासो दिन थालेका छन् । नेपाली गीत सुन्ने पछिल्लो पुस्ताले ‘स्वरसम्राट नारायणगोपाल, भक्तराज आचार्य, फत्तेमान, बच्चु कैलास, अरुणा लामा, तारादेवीका गीतहरु सुन्दैनन् । उनीहरु नेपाली गीतमा पनि अंग्रेजी मिश्रितभाव रुचाउँछन् । र, उनीहरु सुन्न चाहन्छन्, ‘अंग्रेजीमा गाइएको भ्यालेन्टाइन गीत ‘इभ्रि डे लभ यू’जस्ता गीतको रिमेक ।

पछिल्लो समय गायक राजेशपायलले ‘हुरुक्कै भएँ म’ किन भ्यालेन्टाइन जोडीलाई समर्पित गरे त ? जबकि, उनका हजारौँ प्रेमका गीत गाएका छन् । तर, हरेक गीत समय सान्दर्भिक हुनुपर्छ भन्ने मान्यता राख्दै आएका उनले सहरका लागि मात्र नभएर गाउँघरका प्रेम जोडीका लागि समेत भन्दै ‘लोकफ्लेवर’मा प्रेमगीत गाए ।

प्रतिक्रिया दिनुहोस्