Logo
Logo

गणेशमानको सम्झनामा एडिडास रोड रेस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ माघ ।
प्रजातान्त्रिक आन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको स्मृतीमा रोड रेस प्रतियोगिता हुने भएको छ । रुट्स फेशन प्रालीले ‘गणेशमानसिंह एडिडास टेन के रोड रेस’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।


आगामी फागुन २४ गते शनिबार हुन लागेको प्रतियोगिताको बारेमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइएको छ । एडिडास सोरुम दरबारमार्गबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार, दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, प्रहरी हेडक्वार्टर, गौरीधारा, राजदरबार उत्तर गेट, नागपोखरी, जय नेपाल सिनेमा हुँदै दरबारमार्गकै एडिडास सोरुममा आएर समापन हुने छ ।
प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुषले प्रतिव्यक्ति ६० हजार रुपैयाँ पुरस्कार पाउने रुट्स फेसन प्रालिका प्रबन्ध निर्देशक संजीव तुलाधारले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार, चौथाले १० हजार र पाँच हुनेले पाँच हजार रुपैया पुरस्कार पाउनेछन् । प्रतियोगितामा र्छैंटौंदेखि दशौंसम्म हुनेले चार हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् । प्रतियोगिताको बजेट १० लाख अनुमान गरिएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याएको योगदानको कदर गर्दै प्रतियोगिता आयोजना गरिएको तुलाधारले बताए ।

प्रतिक्रिया दिनुहोस्