काठमाडौं । एफडी ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्न नबिल बैंकले सरल कर्जा दिने भएको छ ।
ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफडी मोर्टर्स) र नबिल बैंकबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा दिने सहमति भएको हो ।
सहमति अन्तर्गत ग्राहकले एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन् ।
एफडी मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य रु. २ लाल ६१ हजार ९९९ र एफ फाइब ए को मूल्य रु. २ लाख ९७ हजार ९९९ रहेको छ ।
छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागि ल्याउन लागेको कम्पनीले जनाएको छ ।
एफडी मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विषेश विषेशताका कारण र सो विषेशताका बाबजुत पनी यसको मूल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको कम्पनीको दाबी छ ।