Logo
Logo

रोकिएन सिरहाको तस्करी


6.9k
Shares

काठमाडौं । सिरहास्थित सशस्त्र प्रहरीका एसपी प्रमोद भारतीलाई तस्करी गराएको आरोपमा मुख्यालय तानिए पनि त्यहाँको तस्करी रोकिएको छैन । भर्खर गएका अर्का एसपी शिवप्रसाद गैरेले पनि भारतीकै जस्तो धन्दा शुरु गरेका छन् । जसको ज्वलन्त उदाहरण केही दिनअघि बिओपी ठाडीको एरियामा देखिएको थियो । ठाडी बिओपीका एक हबल्दारले सामान पास गराएबापत पैसा लिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

एसपीको मिलेमतो नभइ यो कार्य सम्भव नहुने श्रोतको दाबी छ । फिल्ड अनुभव नभएका गैरेले सिरहामा राम्रो काम गर्न नसकेको सुनिन थालेको छ । जसका कारण अहिले पनि सिरहाबाट हुने तस्करी रोकिएको छैन ।

यता, माडर भन्सारबाट तस्करी गराएका डिएसपी पवन खड्का र रामहरि खड्कालाई जोगाउने चलखेल भएको छ । रामहरि तत्कालीन एआइजी नारायणबाबु थापाको पीए भएकै कारण थापासमेत उनलाई जोगाउन लागेका छन् । यसमा प्रशासन बिभाग प्रमुख एआइजी सिपी गौतमसमेत मौन छन् ।

उता, लुम्बिनी प्रदेशमा डिआइजी अभि खत्रीले व्यापक मात्रामा घुमुवा परिचालन गरेका छन् । बिशेषगरि, रुपन्देहीमा बाहिनी गण र गुल्मका घुमुवा परिचालन भएका छन् । डण्डास्थित बिओपी कमान्डर डिएसपी किशोरकुमार श्रेष्ठले घुमुवा परिचालन गरेर रकम संकलन गर्न थालेपछि अवैध सामान बरामद हुन छोडेको छ ।

यसअघि सो बिओपीले दैनिकजसो सामान बरामद गरेकोमा अहिले चाडबाडको मौका छोपेर डिएसपी श्रेष्ठ कमाउ धन्दामा लागेका छन् । अहिले रुपन्देही, नबलपरासी, बांके, बर्दिया, कपिलवस्तु लगायतका जिल्लाबाट डिआइजी खत्रीको निर्देशन र गणपतिको मिलेमतोमा तस्करी मौलाएको श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्