एजेन्सी । बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै ऊसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ ।
बोलिभियाका उपविदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भन्दै उसाग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।
हमाससँग द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो ।
यो देशले युद्धविरामका लागि अपिल गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो ।