Logo
Logo

डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलदेशकी साइमा वाजेद निर्वाचित


1.2k
Shares

नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

वाजेद नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी हुन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुईमत पाएको थियो । बंगलादेशको अटिजम र न्युरोडेभलप्मेन्ट डिसअर्डरको राष्ट्रिय सल्लाहकारसमेत रहेकी वाजेदले सन् २०२४ को फेब्रअुरी १ बाट पदभार सम्हाल्ने छन् । उनको कार्यकाल ५ वर्षको हुनेछ भने उनी एकपटक पुनः नियुक्तिका लागि पनि योग्य हुनेछन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसिसले सदस्य राष्ट्रहरूलाई गत अगस्त १८ मा उम्मेदवारको नाम पठाएका थिए । बंगलादेश र नेपालबाहेक भारत, भुटान, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोरले मतदानमा भाग लिएका थिए । संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।

प्रतिक्रिया दिनुहोस्