Logo
Logo

मिर्गौलापीडित निशानलाई फेदाप गाउँपालिकाको आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २२ माघ । मिर्गौलापीडित २५ वर्षीय निशान कुरुम्बाङलाई फेदाप गाउँपालिकाले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । तेह्रथम, फेदाप–१ का निशानको उपचारमा लागि गाउँपालिकाले उक्त सहयोग गरेको हो ।
करिब एक वर्षयता दुर्वै मिर्गौला फेल भएपछि निशानले डायलसिस गराउँदै आएका छन् । आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या भएपछि केही समययता आर्थिक संकलन अभियान चलाइएको छ । सोही क्रममा फेदाप गाउँपालिकाले निशानको उपचार्थ सहयोग गरेको हो । फेदाप गाउँपालिकाले उपलब्ध गराएको उक्त रकम बुधबार तिर्थराज कुरुम्बाङले निशानलाई हस्तान्तरण गरेका छन् ।
यसअघि निशानको उपचारका लागि दक्षिण कोरियाका अलावा विभिन्न मुलुकका रहेका नेपालीबाट सहयोग संकलन भएको थियो । तर, अझैपनि मिर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्या रहेको उनका परिवारले जनाएको छ । हाल निशानले ललितपुरस्थित सुमेरु अस्पतालमा डायलसिस गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्