Logo
Logo

कांग्रेस शीर्ष नेताहरुको आकस्मिक छलफल, गच्छदारमाथिको मुद्दाले प्रश्न उब्जाएको नेता पौडेलको भनाइ


- दृष्टि न्युज/संवाददाता

0
Shares

File Photo

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचारमाथि भ्रष्टचार मुद्दा लागेपछि कांग्रेसले आकस्मिक बैठक राखेको छ । बुधबार पूर्वउपप्रधानमन्त्री समेत रहेको गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसपछि बिहीबार आज कांग्रेसका शिर्षा नेताहरु छलफलमा जुटेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बिहान नै नेताहरु छलफलममा जुटेका छन् । कांग्रेसमा शिर्ष नेताहरु पार्टी सभापति देउवाको निवासमा छलफलका लागि भेला भएको कांग्रेस पार्टी कार्यालयका सचिव कृष्ण पौडेलले जनाएका छन् ।
नेता गच्छदारलाई मुद्दा चलाएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुद्दाको प्रकृति हेर्दा अनौठो रहेको भन्दै प्रश्न उठाएको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन ?’
त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा राखेर गच्छदारलाई मुद्दा ? भन्दै प्रश्न गरेका छन् । ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा,’ शर्माले ट्वीट गरेका छन् ‘मुद्दा कसलाई ? विजय गच्छदारलाई ।’
तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ। अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीलाई बिगोको अनुपातमा जरिवाना र १० वर्षसम्म जेल सजाय माग गरेको छ । राष्ट्रसेवकका हकमा भ्रष्टाचार निवारण ऐनअनुरूप थप तीन वर्ष जेल सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्