Logo
Logo

बिङ्गोमा ६२ वर्षयता रमाउँदै इलामेली


378
Shares

इलाम । २०१८ सालमा पूर्वमन्त्री प्रकाशचन्द्र मुखियाले इलाम दरमुकाममा भित्र्याएको बिङ्गोको इतिहास जति पुरानो छ यसको रौनक भने झन् झन् लोकप्रिय बन्दै गएको छ । इलाममा तत्कालिन बडाहाकिम रहँदा मुखियाले बिङ्गोको सुरुवात गरेको थियो ।

हरेक वर्ष दशैँको घटस्थापनादेखि सुरु हुने बिङ्गो दिपावलीको टिकासम्म चल्ने गर्छ । वैधानिक रुपमा अनुमति लिएरै खेलिने भएको यो खेलले इलाम बजार हरेक वर्ष तात्तिने गर्छ ।

साँझको समय खेलाइने भएर पनि खेलमा दैनिक सयौं सहभागी हुन्छन् । दिउँसो विभिन्न पेशा व्यवसायमा व्यस्त मानिसहरु साँझ भने बिङ्गो खेलमा झुमिन्छन् । कतिपयले बिङ्गोबाट जितेको रकमले आफ्नो दैनिकी समेत सिङ्गार्न भेहाउँछन् । पुरस्कार जित्नु एउटा कुरा हो तर प्रायः रहरले नै साँझ बिङ्गो खेल्न आएका हुन्छन् ।

इलामबाट अध्ययनको लागि बहिरिएकाहरूको लागि बिङ्गो पुर्नमिलनको मौका हो । किन भने वर्षौँदेखि छुटिएका साथीहरू बिङ्गोमा नै भेटिने गर्छन् । अहिले त इलाममा अध्ययनका लागि आएका र विभिन्न पेशा व्यवसाय गर्न आएका गैर इलाम बजारेहरु समेत बिङ्गो खेल्न छिटो आफ्नो गाउँघरबाट बजारमै फर्कने गरेका छन् ।

बिङ्गोले रमाईलो र चार्ड पर्व मात्र कटाएको छैन इलामको विकासको लागि थप टेवा पुर्याएको छ । बिङ्गोबाट संकलन भएको रकमले चोक बजारको छेउमा रहेको प्रहरीको भ्यूटावरको थालनी, नेपाल पत्रकार महासंघको भवन निर्माणमा सहयोग, माईभ्याली गोल्डकप सञ्चालनमा सहयोग, इलाम बजारमा भएको टुँडिखेलको मर्मत, ब्लड बैंकको भवन निर्माण लगायतका सांस्कृतिक र सामाजिक क्षेत्रमा सहयोगको रुपमा योगदान दिएको बिङ्गो सञ्चालकमध्येका सुदिप श्रेष्ठले बताए ।

यसवर्ष पनि बिङ्गो खेलको तेज उत्तिनै छ । गत कार्तिक २७ गते सुरु भएको बिङ्गो आउने तिहार भाईटिकाको पर्सिपल्ट सकिनेछ । बिङ्गो खेल खेलाउन जिल्ला प्रशासनको अनुमति लिईएको छ । विगतका दुई वर्ष भने कोभिडका कारण बिङ्गो खेल भएन ।

प्रतिक्रिया दिनुहोस्