Logo
Logo

काठमाडौंमा दूतावासले मनायो ‘काश्मीर ऐक्यवद्धता दिवस’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ माघ । काठमाडौंस्थित पाकिस्तानी राजदूतवासले ‘काश्मीर ऐक्यवद्धता दिवस’ बुधबार एक अन्तक्र्रियात्मक कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्वी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मेहमूद कुरेशीको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा राजदूत मजहर जाबेदले आफ्नो मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्सेर राणालगायत बरिष्ठ पत्रकार र स्तम्भकारहरुको उपस्थिति थियो ।
पाकिस्तान सरकारले प्रत्येक वर्ष ५ फ्रेब्रुअरीको दिनलाई ‘काश्मीर ऐक्यवद्धता दिवस’को रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्