Logo
Logo

सिटिजन्स बैंकद्वारा भूकम्प पीडित सहायताका लागि २५ लाख दिने घोषणा


315
Shares

काठमाडौंं । सिटिजन्स बैंकले भूकम्प पीडितको सहायताका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा यो रकम दिने घोषणा गरेको बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले जानकारी दिएका हुन् ।

उनले विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति भएको बताउँदै कठिन परिस्थितिमा बैंकले सामाजिक उत्तरदायित्ववहन गर्दै सहयोग घोषणा गरेको बताए । घाइतेको उद्धार र उपचारमा राज्यलाई साथ चाहिने भएकाले बैंकले सहयोगका लागि सक्रियता देखाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्