Logo
Logo

जर्मनीकाे ह्याम्बर्ग एयरपोर्टमा गोली चल्याे, २७ फ्लाइट रद्द


2.2k
Shares

जर्मन। जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ ।

शनिबार राती ८ बजे एक कारमा सवार व्यक्तिले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि बिमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो ।

गोली चले लगत्तै विमानस्थल बन्द गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा कोही पनि घाइते भने नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो । गोली हानेपछि ती व्यक्तिले कारबाट दुईवटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।

जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा एक बालक पनि रहेको बताए । प्रहरीले सोसल मिडिया प्लेटफर्म एक्समा छुट्टै भन्यो कि उनीहरूले ठूलो अपरेशन गरिरहेका छन् । यस अवधिमा विमानस्थल बन्द भए पछि करिब २७ उडानहरू केही समयका लागि रद्द गर्नु पर्दा प्रभावित भएका छन् ।

जर्मन संघीय प्रहरीका प्रवक्ता थोमस गेर्बर्टले ३५ वर्षीय आक्रमणकारीकी श्रीमतीले उनको श्रीमानले आफ्नो ४ वर्षको बच्चालाई अपहरण गरेको जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरी कारबाहीमा परे पछि विमानस्थलभित्र आक्रमण गर्ने व्यक्ति उनी नै भएको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्