Logo
Logo

ग्लोबल आइएमई बैंकद्धारा ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


441
Shares

काठमाडौं । ग्लोबल आइमएई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्