Logo
Logo

कोरोना भाइरसबाट बच्च बागमती प्रदेशको सर्तकता


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, २४ माघ । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वव्यापी हुँदै गएपछि नेपालले त्यसबाट बच्न उच्च सर्तकता अपनाएको छ । त्यसका लागि यसअघि नै चीनसँग जोडिएका सीमानाका बन्द गरेको छ भने नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको छ ।
यसैक्रममा कोराना भाइरस हुन नदिन बागमती प्रदेश सरकारले पनि उच्च सतर्कता अपनाएको छ । चीनसँग सीमा जोडिएको नाकामा जाँचमा कडाइ गरिएको भने स्वास्थ्य संस्थाहरुमा बेग्लै उपचार कक्षको व्यवस्था गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. रमेश अधिकारीका अनुसार सम्भावित क्षेत्रहरुमा चेकजाँच कडा पारिएको छ । उनले कोरोना भाइरस फैलिन नदिने गरी सतर्कता अपनाउन प्रदेशका स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको बताएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डा. वसन्त अधिकारीले प्रदेशका सबै सरकारी अस्पतालमा एकरएक थान चिकित्सक बचाउ गाउन खरिद गर्न निर्देशन दिएका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय समिति र प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी काम अघि बढाइएको स्वास्थ्य निर्देशक अधिकारीले बताए ।
मन्त्रालयका सचिव डा. गोकर्णमणि दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । मुख्य नाका र पर्यटकीय क्षेत्रहरूमा विशेष सावधानी अपनाइएको छ । स्वास्थ्य निर्देशक अधिकारीको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाइ प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, पशु सेवा कार्यालय प्रमुख, मन्त्रालयका चिकित्सा शाखा प्रमुख सम्मिलित प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्