Logo
Logo

तेह्रथुमेहरुको ‘वन भोज’मा जे देखियो (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, २६ माघ । शनिबार गोर्कणस्थित सहिद पार्कमा तेह्रथुम जिल्लावासीहरु एकै ठाउँ भेला भए । तेह्रथुममा जन्मेर वा नाता गाँसेर राजधानीमा विभिन्न पेसा तथा व्यवसायी गर्दै आएकाहरुको साझा संस्था तेह्रथुम सरोकार समाज नेपालको संयोजत्वमा ‘वन भोज’को आयोजना गरी सो भेला गराएको हो ।


तेह्रुथुम जिल्लावासी भएर पनि यहाँ आ–आफ्नो काममा व्यस्त भएकाले एक–आपसमा चिनजान समेत नभएको अवस्थामा ‘वन भोज कार्यक्रम’ले तेह्रथुमेलाई एकै ठाउँमा जुटाउने काम गरेको संस्थाका महासचिव योगेन्द्र कुृरुम्बाङले बताए ।


‘यो एउटा परिचयत्मक कार्यक्रम पनि हो’ उनले भने । तेह्रथुमबाट राजधानीमा आएर बसेकाहरुलाई वर्षमा एक दिन भेला भएर परिचय पनि गरौँ, र रमाइलो पनि गरौँ भन्ने उद्देश्यले सात वर्षदेखि सरोकार समाजले वन भोज कार्यक्रम गर्दै आएको छ ।


वन भोजसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा तेह्रथुममा जन्मिएका राष्ट्रियस्तरका कलाकारहरुले सांगीतिक प्रस्तुत दिएका थिए । साथै, कार्यक्रममा लिम्बू समुदायको सांस्कृतिक धान नाच, केःलाङ (च्याबु्रङ नाच)लगायतका मनोरञ्जनात्मक गतिविधिहरु गरिएको थियो । वन भोज कार्यक्रममा करिब २५ सय तेह्रथुमेहरुको जमघट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्