एजेन्सी । इजरायली सेनाले द्वन्दग्रस्त गाजामा हमासले बन्धक बनाएकी एक महिलाको शव भेटिएको बताएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल–सिफा अस्पताल नजिकैको घरमा फेला परेको हो ।
इजरायली सेनाका अनुसार गाजामा आक्रमणका क्रममा हमासले ती महिलालाई बन्धक बनाएको थियो । बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो । अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन् ।
बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लान पाएकी थिइनन् । सोही कराण उनको मृत्यु भएको हुनसक्ने बताइएको छ ।इजरायली सेनाले हमासले आक्रमणका क्रममा २४० इजरायली नागरिकलाई बन्धक बनाएको दाबी गरिरहेको छ ।