अहमदावाद । क्रिकेट विश्वकप फाइनल हुँदै गर्दा भारतभर क्रिकेटप्रेमीले जितको कामना गर्दै प्रार्थना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार क्रिकेट विश्वकपको फाइनल खेलमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
क्रिकेटको विश्वव्यापी महत्त्वको खेल प्रदर्शनीको १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको प्रतियोगिता गएको आइतबार ब्लकबस्टर फाइनलमा सम्पन्न भएको छ । भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियाविरुद्ध आइतबारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ ।
प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसले खेलको अवलोकन गर्ने गुजरात राज्य सरकारले शनिबार जनाएको छ । क्रिकेट प्रेमीका साथसाथै उत्सवमा एयरफोर्स फ्लाईपास्ट, लाइट र लेजर शो, र इनिङ्स ब्रेकमा सयौं नर्तकहरूले बलिउड हिट गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) जनाएको छ ।
क्रिकेटमा बलियो भएपनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ । करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन्, जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ ।
फ्यानहरूले भारतको जितको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्पाप्याप्तिसँगै अहमदाबाद उत्साह र प्रत्याशाले गुन्जिएको छ ।
शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ । होटलहरू पूर्ण रूपमा खचाखच भरिएका छन् । सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बुक गरिएका समाचार सार्वजनिक भएका छन् ।
यो खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान जुन १ लाख ३२ हजार क्षमताको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुँदैछ ।
सन् २०१४ मा प्रधानमन्त्री हुनुअघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दु राष्ट्रवादी नेताको घरेलु परियोजनाहरू मध्येको यो एक रङ्गशाला परियोजना थियो ।