काठमाडौं । कियाको इलोक्ट्रोनिक भइकल (इभी) ६ गाडी नेपालका चाडौँ आउने भएको छ ।
नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेका अनुसार उक्त गाडी आगामी एक सातापछि नेपाली बजारमा आउने छ ।
उनका अनुसार अहिले भन्सारमा गाडी आइपुगिसकेको छ । पहिलो लटमा लगभग ६० युनिट ल्याउने जानकारी दिए । नेपाल भित्रिएपछि बुकिङ भएकाहरूको तत्काल डेलिभरी दिने उनले बताए । अहिलेसम्म सबै डिलरहरुबाट लगभग ५० युनिट इभी ६ बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले ५० हजार रुपैयाँ ‘टोकन मनी’ लिएर बुकिङ लिइरहेको छ । यो गाडीको मूल्य लगभग १ करोड २५ लाख ९० हजार रुपैयाँ पर्ने बताइएको छ ।
यो गाडी कियाको लक्जरियस सेग्मेन्टको इभी हो। यसमा ७७.४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ । जसलाई एक पटकको फुल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा १६८.१ किलोवाटको मोटर छ‚ जसले ४४०० आरपीएमका ३५० एनएम टर्क उत्पादन गर्न सक्ने जनाइएको छ ।
गाडीमा अगाडि र पछाडि १७ इन्चको डिस्क ब्रेक छन् । टायर १९ इन्चको एलोय ह्वील रहेको छ । यो गाडी ५ वटा कलरमा उपलब्ध हुने छ ।
यसमा ३ वटा सामान्य, स्पोर्ट र इको ड्राइभिङ मोडहरू उपलब्ध छन् । यसमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ ।
जसले अगाडि पछाडि दुवै ब्रेक लगाउँदा वा ओरालोमा यो सिस्टम अन गर्दा ब्याट्री चार्ज हुने र रेन्ज बढाउने काम गर्छ । यसमा क्रुज कन्ट्रोल सिस्टम पनि उपलब्ध छ ।