काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा पर्यटन व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको मनकामना दर्शन प्रा.लीलाई सम्मान गरिएको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । बिहीबार काठमाडौंमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
मनकामना केबलकार विसं २०५५ देखि सञ्चालनमा आएको थियो ।