गाजा। इजरायलमा गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ । इजरायली र हमासबीचको युद्ध विराम भएपछि बन्धकहरूलाई स्वदेश फर्काउन रेडक्रसलाई जिम्मा लगाएकाे हाे ।
हमासको सैन्य शाखाको एक स्रोतले सो हस्तान्तरणको पुष्टि गर्दै भनेको छ- ‘यो सम्झौता अन्तर्गत पहिलो समूह हो। ’गाजा पट्टीमा इजरायली र हमासबीचको युद्ध विराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो चरण इजरायल फर्किने अपेक्षा गरिएको थियो।
इजरायलले इजरायली जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदीहरू, महिला र किशोर किशोरीहरूलाई रिहा गर्ने तयारी गरेको छ। हमासले गत अक्टोबर ७ मा इजरायलसँगको गाजाको सैन्य सीमाना तोडेको इजरायली अधिकारीहरूका अनुसार करिब १ हजार २०० व्यक्तिको हत्या गरी र करिब २ सय ४० इजरायली र विदेशी बन्धकहरूलाई कब्जामा लिएको थियो।