काठमाडौं । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन्। इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै युद्धविराम अवधि थप एक दिन लम्ब्याइएको हो ।
दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १/१ दिन थप गर्दै लगिएको हो।
यसबीच इजरायलले आफ्ना जेलमा रहेका प्यालेस्टिनी बन्दीलाई तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरिरहेका छन्। युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ।