Logo
Logo

युद्धविराम सकिएसँगै इजरायलले सुरु गर्यो गाजामा आक्रमण


567
Shares

काठमाडौं । इजरायल र हमासबीच अस्थायी युद्धविराम समाप्त भएसँगै इजरायलले पुनः हमास लक्षित आक्रमण सुरु गरेको छ । इजरायली सेनाले गाजा क्षेत्रमा फेरि आक्रमण सुरु गरेको हो ।

दक्षिणी गाजा क्षेत्रमा धेरै हवाई आक्रमण र त्यहाँ विस्फोट र गोलीबारीको आवाज सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । गत सात अक्टुबरमा हमास समूहले इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको छ ।

इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनतर्फ १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । उता इजरायलतर्फ १२ सयको मृत्यु भएको छ ।

इजरायली आक्रमणमा गाजा पूर्णरुपमा ध्वस्त भएपछि अन्तर्राष्ट्रिय समूदायको दबाबमा ६ दिनसम्म अस्थायी युद्धविराम लागू भएको थियो । युद्धविरामका ससमय हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनी रिहा भएका छन् ।

यता हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ भने एक जना विपिन जोशी सम्पर्कविहीन छन् । उनी हमासको नियन्त्रणमा रहेको विश्वास गरिन्छ । युद्धविराम लागू भएको समयमा हमासले थाई र इजरायली नागरिकलाई रिहा गरे पनि विपिन जोशीलाई भने रिहा गरेन । अब फेरि युद्ध सुरु भएसँगै जोशीको रिहाइ कठिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्