Logo
Logo

प्राइम कमर्सियल बैंक कर्मचारी संघको अध्यक्षमा पोखरेल


378
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । सम्पन्न तेस्रो केन्द्रीय अधिवेशनबाट संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि संघमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

केन्द्रीय समितिमा अध्यक्ष पोखरेल, उपाध्यक्ष धनबहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रीय सदस्य दामोदर ढुंगाना, केन्द्रीय सदस्य (खुला) विवेक दली, मिलनविक्रम बस्नेत, राजेश दाहाल, रेवन्तराज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्