काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ बूढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरि नगरपालिका–१३ दहचोक, चितवनको भरतपुर महानगरपालिका–८ शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५५ शाखा, ३७६ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।