Logo
Logo

सिग्देलको बढुुवा पनि विवाद


10k
Shares

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । मंसिर १७ गते सिग्देललाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गरेको थियो । जंगी अड्डाले उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशित गरेको गरेसँगै उनी भावी प्रधानसेनापतिको लाइनमा उभिएका छन् । सिग्देल प्रभुराम शर्मापछि प्रधानसेनापति हुने निश्चित भएको हो ।

यसअघि बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डे उमेर विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । प्रधान सेनापतिको रोल क्रममा रहेका अशोकराज सिग्देल पनि विवादरहित रहन सकेनन । उनको पनि शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथीमा बढुवा सिफारिस गरेका सिग्देलको जन्म मितिमा पनि कैफियत नै कैफियत रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उपरथी सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ । उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको भेटिएको छ । त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देल विरुद्ध उजुरी दर्ता गरेका छन् ।

रुपन्देही सिद्धार्थनगर–७ स्थायी ठेगाना भएका सिग्देलले रथीमा बढुवाको सिफारिसको लागि जन्म मितिमा हेरफेर गरी नक्कली प्रमाणपत्र पेस गरेको भन्दै बढुवा रोक्का गर्नु पर्ने माग गर्दै सेनाकै अधिकृतहरूले उजुरी हालेका हुन् ।

सुरुको कागजमा उनको जन्ममिति २०२१ चैत्र १९ गते कायम भएको थियो। उनले २०३९ सालमा एसएलसी परीक्षा दिँदा ८८०५९ डब्लू थियो । यस बखत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले समेत विसं २०२१ साल चैत्र १९ गते नै कायम गरी तथ्याङ्क सुरक्षित गरेको छ ।

तर २०४३ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भक्तपुरमा रहेको सुपिङ मल्टिपल क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख केआरएस राथौडको मिलिभगतमा आफूखुसी उनको जन्ममिति २०२३ साल माघ १९ गते बदलिएको आरोप छ ।

यस्तो नक्कली कागज भेटेपछि सेनाका अधिकृतहरूले उपरथी सिग्देलको बढुवा रोक्का गरिदिन भन्दै अख्तियार दुरुपयोग आयोगमा मंसिर १४ गते उजुरी दर्ता गराएका थिए । यसअघि उनी विरुद्ध रक्षा मन्त्रालयमा समेत उजुरी दर्ता भएको थियो ।

‘हाल रिक्त रहेको नेपाली सेनाको रथी पदका लागि वरिष्ठ उपरथी सिग्देलको नाम सिफारिस गरिएको छ । तर उनले आफ्नो जन्ममिति चलाखी गरी सच्याउनु भएको प्रमाण हामीलाई फेलाप¥यो,’ सेनाको उजुरी कर्ताले भने, ‘यो कुरा हामी जुनियर अधिकृतहरूलाई थाह छ ।’ यसअघि पनि रथीमा बढुवा भएका ताराध्वज पाण्डेका विषयमा पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्