Logo
Logo

प्रभु बैंक र ओम हस्पिटलबीच आकर्षक छुट सम्झौता


315
Shares

काठमाडौं । काठमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जयराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवालगायतका सेवामा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ओम अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । निःसन्तान दम्पतीलाई दाम्पत्य सुख प्रदान गर्ने आइभिएफ सेवाको शुरुवात गर्ने र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । उक्त कार्यक्रममा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा तथा ओम अस्पतालका व्यापार प्रवद्र्धन व्यवस्थापक विनोद अधिकारीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्