Logo
Logo

सवारी दुर्घटनामा महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमौली, १० फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहँुको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पांग्राले किचेको थियो । ाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्