किभ । युक्रेनले युरोपेली संघ (इयु)को सदस्य प्राप्त गर्नका लागि अझै २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यसबारे जानकारी गराएका हुन् ।
‘आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौँ । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौँ’ सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । त्यसका लागि लगभग २८ हजार ऐनहरु अध्ययन गरिएको र तीमध्ये २३ हजारचाहिँ सदस्यता वार्ता प्रक्रियाका लागि आवश्यक नरहेको उनले बताएका छन् ।