काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।
बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ५ गतेसम्म कायम सेयरधनीहरू मात्रै सहभागी हुन सक्ने छन् ।