Logo
Logo

हमासले प्रयोग गर्ने अहिलेसम्मकै ठूलो सुरुङ फेला परेको इजरायलको दाबी


693
Shares

काठमाडौं । इजरायलले गाजामा हमास समूहले प्रयोग गर्ने अहिलेसम्मकै ठूलो सुरुङ फेला परेको दाबी गरेको छ । इजरायली सेनाले सुरुङका तस्वीर तथा भिडियो सार्वजनिक गर्दै चार किलोमिटरभन्दा लामो सुरुङ फेला पारेको बताएको हो ।

जमिनबाट १६५ फिटको गहिराइसम्म फैलिएको सुरुङमा मिनी ट्रक गुड्न सक्छ भने स्याटेलाइट फोनसहितका सुविधा छन् । हमासका कमाण्डरहरु लुक्ने अनुमान गरिएको यो सुरुङसँग जोडिएका कैयौँ सहायक सुरुङ फेला परेको इजरायलले दाबी गरेको छ ।

गाजामा हमासले करिब पाँच हजार किलोमिटर सुरुङ सञ्जाल बनाएको आशंकामा इजरायली सेनाले सुरुङको खोजी गरिरहेको छ । इजरायलले भेटिएका सुरुङ नष्ट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्