काठमाडौं । नेपाल ल्यूव आयलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २५ गते काठमाडौंमा बिहान साढे ११ बजे ३२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
सभाले कम्पनीको बोनस सेयर वितरण स्वीकृतपश्चात् पुँजी वृद्धि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पारित गर्नेछ ।