Logo
Logo

लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच सम्झौता


378
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले काठमाडौँ बल्खुमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी एवं डेबिट कार्डबाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्तालाई बिभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १०% देखि १५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सुविधा बयोधा अस्पतालको बल्खुस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ । सम्झौतामा उल्लेख भएअनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने जनाइएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दीपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिन्दकुमार साहले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्