Logo
Logo

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प : कम्तीमा ९५ को मृत्यु, २२० घाइते


504
Shares

काठमाडौं । उत्तरपश्चिम चीनमा हिजो (सोमबार) ५.९ म्याग्निचुडको भूकम्प गएको छ ।

भूकम्पमा परी हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूमकम्प गएको हो ।

बीबीसीका अनुसार २२० जना घाइते भएका छन् । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।

अहिले उद्धार कार्य भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्