Logo
Logo

भारतमा ९२ सांसद निलम्बित, इतिहासकै पहिलो घटना


2.5k
Shares

एजेन्सी । भारतमा एकै दिन ७८ जना विपक्षी सांसदको पद निलम्बन भएको छ । संसद्को तल्लो सदन लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्‍याएको भन्दै सोमबार निलम्बित गरिएको हो ।

यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत साता लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए । सोहि विषयलाई लिएर उनीहरुलाई निलम्बित गरिएको हो ।

यही विषयलाई लिएर गतसाता पनि १४ सांसद निलम्बित भएका थिए । सोमबारसहित कुल ९२ सांसद निलम्बनमा परेका छन् । यती ठूलो सङ्ख्यामा सांसद निलम्बन परेको इतिहासकै पहिलो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी निलम्बनमा पर्ने सांसदहरूमा लोकसभामा कंग्रेसका नेता अधिर रञ्जन चौधरी र उपनेता गौरभ गोगोइ, त्रिणमुल कंग्रेसका सांसद कल्याण बेनर्जी, डीएमके पाटीका सांसद ए राजालगायत छन ।

प्रतिक्रिया दिनुहोस्