काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने रकम बराबर नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो । उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।