Logo
Logo

एनएमबी बैंकका दुई नयाँ खाता सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खातावालहरुलाई रु.१८ लाखसम्मको कुल बीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनामध्ये ‘एनएमबी प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगहरुका लागि रु ५ लाखसम्मको बीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबी प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगहरुका लागि रु ७ लाखसम्म बीमा र रु १ लाखसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभान्वित हुनसक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि विस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबी प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको हो । ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्