बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् ।
चालु बर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुईपटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् ।
यस बर्ष चीन र रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ ।
यसै सन्दर्भमा उहाँले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताए । चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी बर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पु¥याउने विश्वास व्यक्त गरे ।