Logo
Logo

‘रियल क्राइम’ मा कलाकार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ फागुन । कान्तिपुर टेलिभिजनमा एक समय ‘किलो ट्याङगो माइक’ नामक कार्यक्रम प्रसारण हुन्थ्यो । प्रहरी र अपराधसम्बन्धी विषयवस्तुमा आधारित त्यो कार्यक्रमका निर्माता मोडल अजय पोखरेल थिए ।

प्रहरी अधिकारीसँग संगत भएका उनलाई प्रहरी र अपराधसम्बन्धी विषय मन पथ्र्याे । त्यही कारण अपराधकथा समेटेर उनले कार्यक्रम बनाउँथे । उनै पोखरेल यतिबेला आफैं अपराधको पात्र बनेका छन् । मोडल समेत रहेका पोखरेल दुई सातादेखि महानगरीय प्रहरी वृत्त कमलपोखरीको हिरासतमा छन् । उनीमाथि बैंकिङ कसुरमा मुद्दा चलेको छ । बालकुमारीस्थित घरबाटै प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको हो ।

आलिसन शैलीको जीवन जीउने उनी पछिल्लो समय आर्थिक संकटमा फस्दै गएका थिए । एक व्यक्तिसँग लिएको १० लाख रुपैयाँ फिर्ता गर्न नसकेपछि उनी प्रहरी हिरासतमा पुगेका हुन् । उनले अरु धेरै व्यक्तिलाई पनि ठगी गरेको प्रहरी स्रोत बताउँछ ।

पोखरेल विगतमा प्रहरीकै आडमा विभिन्न किसिमका अपराधमा संलग्न व्यक्ति हुन् । उनी बेटिङको धन्दामा समेत संलग्न थिए । मोडल बनाउने भन्दै कतिपय युवतीमाथि शोषणको आरोप समेत उनीमाथि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्