Logo
Logo

सेनाको अवैध पदक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ फागुन । देशमा अरुभन्दा फरक बन्न खोज्दा नेपाली सेना पटक–पटक विवादमा पर्दै आएको छ । सोही कारण सेनाप्रति सर्वसाधरणमा समेत राम्रो छाप छैन ।

संगठित भ्रष्टाचार मात्र होइन अन्य गतिविधिले समेत सेनामाथि प्रश्न उठ्ने गरेको छ । केही वर्षयता सेनाले वितरण गर्न थालेको पदकका कारण समेत पछिल्लो समय प्रश्न उठेको छ । सैनिक दिवसको अवसरमा गत शुक्रबार सेनाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पदक दिएको थियो । केही वर्षयता दिन थालेको यस्तो पदक कानून विपरीत भएको भन्दै गृह मन्त्रालयका कुरा उठेको छैन ।

सरकारबाट अनुमति समेत नलिईकन सेनाले यसरी पदक बाढ्न थालेको हो । संगठनलाई सहयोग गर्नेहरुलाई सेनाले प्रशंसापत्रसम्म बाढ्नु ठिक भएपनि पदक नै दिनु गलत भएको भन्दै गृह मन्त्रालयमा समेत यसबारे प्रश्न उठेको छ ।

देशका लागि महत्वपूर्ण योगदान दिनेहरुलाई सरकारले नै संविधानदिवसको अवसरमा विभिन्न किमिसका विभूषण दिने गर्दछ । त्यसबाहेक राज्यका कुनै पनि अंगले यस्ता विभूषण तथा पदक दिन पाइने कानून छ । तर, सेनाले राज्यमा आफ्नो प्रभाव बढाउन छुट्टै पदक दिन थालेपछि यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्