काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका डिजिएम बिजेन्द्र सुवाल र रविन सिजापतिले जन्मोत्सवको केक काटेर उद्घाटन गरे ।
साथै, बैंकले सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यो समाचार तयार गर्दासम्म ११० जनाले रक्तदान गरेको बैंकले जनाएको छ । आज दिनभरी रक्तदानका लागि खुला गरिएको छ । लगातार पाँचपटक ‘बैंक अफ दि इयर’ जित्न सफल यो नेपालको पहिलो बैंक हो ।