Logo
Logo

सिआइबीको कमाण्ड परिवर्तन गर्न दबाब


24.1k
Shares

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका एआइजीहरूको सरुवा तयारी गरेको छ । चार महिना नपुगी केही एआइजी सरुवा गरेको मन्त्रालयले अहिले सिआइबी प्रमुखको सरुवा गर्न लागेको हो ।

सिआबीको कमाण्ड गरिरहेकी एआइजी किरण बज्रचार्यलाई सरुवा गरेर प्रहरी प्रधानकार्यालयमा रहेका सुदीप गिरीलाई पठाउने तयारी गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एआइजी सरुवामा बज्रचार्यको स्थानमा गिरीलाई पठाउने गरी प्रस्ताव ल्याउन निर्देशन गइसकेको छ । तर, प्रहरी प्रधान कार्यालयले बज्रचार्यको अहिले आठ महिना मात्रै भएकाले कम्तीमा अझै दुई महिना काम गर्न दिएर सरुवा गर्नुपर्ने अडान राखेका कारण रोकिएको छ ।

एआइजी किरण बज्रचार्य

यसअघि चार एआइजीको सरुवामा विवाद उत्पन्न भएको थियो । भूटानी शरणार्थीको अनुसन्धान गर्न सहयोग गरेका श्याम ज्ञवाली, मानव स्रोतमा र सुदीप भण्डारी, कार्यविभागमा रहेका दीपक थापा र एकेडेमीमा टेकप्रसाद राईको सरुवामा विवाद देखिएको थियो । खासगरी राइले चार महिना पनि नभई आफ्नो सरुवा गरेकोमा असन्तुष्टि जनाएका थिए भने, ज्ञवालीलाई भने भूटानी शरणार्थी प्रकरणमा सरुवा गरिएको थियो ।

हाल सिआइबीमा बसेर राम्रो काम गरिरहेकी बज्रचार्यलाई पनि राजनीतिक नेतृत्वले सरुवा गर्न दबाब दिइरहेको छ । कोमामा पुगेको ललिता निवास जग्गा प्रकरणलाई अदालतमा लैजाने, भन्सार कार्यालयले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान भेपबाट चोरी भएको सुनको अनुसन्धान सफलता पूर्वक सम्पन्न गरेकी बज्रचार्यलाई राजनीति नेतृत्वले नरुचाएकै कारण उनको सरुवा तयारी भएको हो । त्यहाँ शान्त स्वाभावमा एआइजी गिरीलाई पठाउन दबाब परिरहेको स्रोतको दावी छ ।

सिआइबीमा बसेर राजनीतिक दलका नेताहरुको तारो बन्दै आएकी बज्रचार्यलाई हटाउने यसअघि नै चलखेल भएको थियो । तर, प्रहरी प्रधान कार्यालयले तत्कालै नेतृत्व परिवर्तन नगर्ने अडान लिएको थियो ।

संगठिन अपराध अनुसन्धानमा रहेको नेतृत्वलाई परिवर्तन गर्दा राम्रो सन्देश नजाने भन्दै रोकेको थियो । ‘खासगरी प्रहरी महानीरिक्षक वसन्त कुवँर आफै उहाँको सरुवा गर्नु हुँदैन भनेर लाग्नु भयो’, प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यसैगरी डिआइजीहरूको पनि सरुवा तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्