Logo
Logo

सेनाविरुद्ध भद्रकालीमा धर्ना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ फागुन ।
ठेक्काको भुक्तानी नदिएको भन्दै सैनिक मुख्यालय अगाडि ठेकदार र मजदुरले धर्ना दिएका छन् । सैनिक मुख्यालयभित्रका भवन निर्माण लगायतका कामको भुक्तानी सेनाले रोकेको हो ।


भुक्तानी रोकिदा मजदुरहरु समेत प्रभावित भएका छन् । काम सकिएको महिनौंसम्म पनि भुक्तानी नभएपछि उनीहरुले धर्ना दिएका छन् । कमिसन धेरै मागेर भुक्तानी नदिएको कतिपय ठेकदारको आरोप छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा सुधार गरिरहेको भनेका बेला यसरी सेनाभित्रै सर्वसाधरणले विरोध गरेपछि सेनाको छवी झन्. खस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्