Logo
Logo

जेलबाट छुटेपछि पहिलो पटक सानेपा पुगे खाँण


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब सात महिना जेलमा थिए । जेलबाट हालै धरौटीमा रिहा भएका थिए ।

जेलबाट छुटेपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुन उनी सानेपा पुगेका हुन् । कांग्रेसको जारी बैठक बिहीबारदेखि सुरु भएको हो । पहिलो दिन खाँण बैठकमा अनुपस्थित थिए । दोस्रो दिनको बैठक सुरु भएको छ ।

उनीविरुद्धको मुद्दा विचाराधीन नै छ । अन्तिम किनारा लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्