काठमाडौं । अटो मोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा करण चौधरी निर्विरोध अध्यक्ष बन्ने भएका छन् ।
चौधरी समूहका करणलाई सर्वसम्मत अध्यक्ष बनाउन अन्य प्रतिस्पर्धी सहमत भएका छन् । गोल्छा अर्गनाइजेसनका आकाश गोल्छा र प्रकाश कपुरी अध्यक्ष बन्ने दौडमा रहे पनि चौधरीलाई अध्यक्ष बनाउन दुबै सहमत भएका हुन् । नाडाको साधारणसभा तथा अधिवेशन पुस २० र २१ गते हुँदैछ ।
अहिले चौधरी अध्यक्ष बन्ने र दुई वर्षपछिको साधारणसभाबाट गोल्छालाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको छ । चौधरी अघिल्लो साधारणसभाका नाडाको निर्वाचनमा अहिलेका अध्यक्ष ध्रुव थापासँग पराजित भएका थिए ।
कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य निर्विरोध भएका छन् ।
सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन्।
यसैगरी संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका छन् ।