Logo
Logo

एकता व्यापार संघको १५औँ वार्षिक साधारणसभा सम्पन्न, खरेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, १५ फागुन । एकता व्यापार संघ नेपालको १५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालको प्रमुख आतिथ्यमा भएको साधारणसभाले माधव खरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्षमा गोविन्द श्रेष्ठ, उपाध्यक्षमा दीपकचन्द्र प्रधान, महासचिवमा भक्तबहादुर पराजुली, सचिवमा तेजप्रसाद आचार्य, सहसचिवमा प्रदीप न्यौपाने, कोषाध्यक्षमा चेङा शेर्पा र सहकोषाध्यक्षमा शान्ति उपाध्यायलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

त्यसैगरी संघका सदस्यहरुमा पर्शुराम भण्डारी, काशीनाथ लाम्बादे, राजेन्द्र कोइराला, प्रेमबहादुर श्रेष्ठ, जीतमान स्याङतान, वीरबहादुर खड्का, राजन ढुंगाना, विष्णुप्रसाद न्यौपाने, टंकनाथ शर्मा, चक्रपाणि भट्टराई, जीवन शर्मा, भरत थापा, मुकुन्द आचार्य र शर्मिला कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

संघका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन भेषराज पौडेलले गरेका थिए । नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुको कार्यकाल तीन वर्षको रहनेछ । संघले चीन तथा विभिन्न मुलुकबाट कपडा तथा जुत्ताहरु नेपाल बजारमा आयात गरी व्यापार गरिरहेका महाबौद्धस्थित व्यापारीहरुको समस्यामा हातेमालो गर्दै व्यापारीहरुको हकहितका पक्षमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्