Logo
Logo

मैनालीको अवस्था खतरामुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ फागुन । बिहीबार सवारी दुर्घटनामा परेका नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनालीको स्वास्थ्व अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । उनी उपचारत काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालले मैनालीको खतरामुक्त रहेको जनाएको हो ।
झापाबाट फर्किनेक्रममा बिहीबार मैनाली सवार बा७च २१३० नम्बरको कारलाई ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबासमा ठक्कर दिएको थियो । उक्त दुर्घटनापछि घाइते बनेका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । उनीसँगै कारमा सवार छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थियो भने चालक सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्