हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरू भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ ।
यसैबीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल(कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् ।
उनले गाजामा युद्ध सुरू भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरेका थिए ।