काठमाडौं । प्रहरी प्रधानकार्यालयले ललितपुर प्रहरी परिसरमा दुई मध्ये एक एसएसपीलाई पठाउने तयारी गरेको छ । बालकुमारीमा भएको घटनामा ललितपुर प्रहरी प्रमुख तानिएपछि त्यहाँ केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका एसएसपी दिनेश आचार्य र ट्राफिक महाशाखामा रहेका राजेन्द्र भट्ट मध्ये एकलाई पठाउने तयारी भएको छ । यो समाचार तयार पार्दासम्म ललितपुर प्रहरी परिसरमा एसपी नवराज कार्की निमित्त प्रमुख रहेका छन् । अर्को कोही एसएसपीलाई जिम्मेवारी दिएको छैन ।
कुनै शक्ति केन्द्रको दबाब नदिएमा प्रहरी प्रधानकार्यालयले उनीहरू मध्ये एकलाई पठाउने तयारी गरेको स्रोतको दाबी छ । उता एसपी हुँदै चितवन र गोरखा दुवै जिल्लाको कमाण्ड गरिसकेका र शक्तिको आडमा रमाउन चाहने ओम अधिकारीले पनि ललितपुर परिसर ताकेका छन् । तर, उनलाई भने प्रहरी प्रधानकार्यालयले हुँदैन भनिदिएको छ ।
एसएसपी भैसकेपछि कही कतै इन्चार्ज नपाएका आचार्य र भट्टको संभावना रहेको स्रोतले जनाएको छ । भट्ट अहिले ट्राफिक महाशाखामा प्रवक्ताको रुपमा रहेका छन् भने आचार्य सिआइबीमा छन् । का प्रवक्ता हुन् । ‘सिनियर प्रहरी अधिकृत उहाँहरु नै भएकाले प्रहरी महानिरीक्षकको रुची पनि उहाँहरू मध्ये एकलाई परिसरको प्रमुख बनाएर पठाउने रहेको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।